युगान्डाका दुई जिल्लाहरुमा इ–बोला भाइरसको संक्रमण बढ्दै गएपछि राष्ट्रपति योवेरी मुसेभेनीले कफ्र्युका साथै लकडाउन घोषणा गरेका छन ।
युगान्डाले दुई जिल्लालाई इबोलाको इपिसेन्टर घोषणा गरेको छ । सन् २०२२को सेप्टेम्बर २०बाट फैलिएको इ–बोला भाइरस नियन्त्रणमा लिन युगान्डाले मठमन्दिर, चर्च, मदरासा लगायतका धार्मिक स्थल, मनोरञ्जन स्थल बन्द गरेको छ भने यातायातमा प्रतिबन्ध लगाएको छ ।
युगान्डाको राष्ट्रिय टेलिभिजनमा राष्ट्रपति मुसेभेनीले लकडाउन इबोला नियन्त्रणमा ल्याउने अस्थायी उपाय भएको बताएका छन् । इ–बोलाको निमुर्लीकरणका लागि सबै सरोकारवालाहरु एकजुट भई लाग्नु पर्ने बताएका छन् ।
यस घातक हेमोरेजिक ज्वरोका कारण सेप्टेम्बर २० देखि हालसम्म युगान्डामा १९ जनाले ज्यान गुमाइसकेका छन् ।
मानव इतिहासमा इ–बोला भाइरसको सबैभन्दा ठूलो, लामो, र सबैभन्दा घातक प्रकोप पश्चिम अफ्रिकामा डिसेम्बर २०१३ देखि मार्च २०१६ सम्म भएको थियो । उक्त समयमा इबोला संक्रमण १० देशका २८ हजार ६ सय ५२ मानिसहरुमा फैलिएको थियो । ती मध्ये ११ हजार ३ सय २५ जनाले इबोला संक्रमणका कारण ज्यान गुमाएका थिए ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया