४२ बिलियन पाउन्ड बराबरको पूरक बजेट घोषणा गर्दै बेलायती अर्थमन्त्री जेरेकी हन्टले कर्पोरेट कर कटौती नगर्ने घोषणा गरेका छन् । उनको यस निर्णयले अन्तराष्ट्रिय विनिमय बजारमा निरन्तर आकाशिएको डलरको विरुद्धमा पाउन्ड सशक्त देखिएको छ ।
हन्टको उक्त निर्णय पछि डलरको विनिमयमा पाउन्ड ०.३६ प्रतिशतले बढेको छ । आज एक पाउन्ड बराबर १.१३९८ अमेरिकी डलरमा विनिमय भइरहेको छ ।
यसैगरी जापानी येन डलरसँगको विनिमयमा ३० वर्ष यताकै कमजोर हुन पुगेको छ ।
बेलायतको उक्त निर्णयले हिजो १ अमेरिकी डलर बराबर १४९.१० येनमा विनिमय भइरहेको येन आज एक अमेरिकी डलर बराबर १४८.८२ येनमा विनिमय भइरहेको छ । हिजोको तुलनामा डलर येनसम्गको विनिमयमा ०.१३ प्रतिशत कमजोर देखिएको छ ।
यस अघि जापानी केन्द्रीय बैंक, बैंक अफ जापानले डलरसँगको विनिमय दर सन्तुलनमा ल्याउन हस्तक्षेप गर्ने भनिएता पनि त्यसको प्रभाव शून्य रहेको छ ।
बेलायतले कर्पोरेट कर फिर्ता नलिने निर्णय गरेपछि आज युरो डलरको विरुद्धमा ०.१४ प्रतिशतले सशक्त रहेको छ । आज एक युरो बराबर ०.९८५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
डलरको विरुद्धमा पाउन्ड, युरो शक्तिशाली हुादा आज डलर सूचांक ०.२१ प्रतिशतले घटेर १११.८५मा कायम रहेको छ । अरु मुद्राहरु बढ्दा डलर सूचांक दुई साता अघिको स्थानमा पुगेको छ ।
यसैगरी आज नेपाली रुपैयाँ र डलर १ अमेरिकी डलर बराबर १३२.०७ रुपैयाँमा कारोबार भइरहेको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया