चीनमा कोभिड–१९ संक्रमण बढ्दै गर्दा उद्योग, कलकारखानाहरु प्रभावित भएका छन् । चीनले अवलम्बन गरेको शुन्य कोभिड नीतिका कारण उद्योगहरु समस्यामा परेका छन् ।
कोभिड–१९ संक्रमण फैलिएपछि चीनले केही सहरहरुमा उद्योगहरु, मनोरञ्जन स्थलहरु बन्द गर्न आदेश दिएको छ । जसकारण साङ्घाई डिन्जील्यान्ड पनि बन्द भएको छ । विश्वका शीर्ष कम्पनीका उद्योगहरु चीनमा नै अवस्थित रहेका छन् । यसैबीच चीनको शुन्य कोभिड नीतिले उद्योगहरुको उत्पादनमा कमी आएको छ ।
यसैबीच विश्व प्रसिद्ध मोबाइल ब्रान्ड आइफोनको उत्पादनमा पनि कमी आएको एप्पलले जनाएको छ । चीनले कोभिड–१९ संक्रमण नियन्त्रणमा लिन नियमहरु कडाइका साथ लागू गर्दा आगामी महिनामा आइफोनको उत्पादन दरमा ३० प्रतिशतले कमी आउने कम्पनीले जनाएको छ ।
तेस्रो कार्यकालका लागि निर्वाचित भएका राष्ट्रपति सी जिङपिङले आफू शून्य कोभिड नीतिमा दृढ रहेको बताएका छन् । उनको यस निर्णयले उद्योगी, व्यवसायी, लगानीकर्ता निराश भएका छन् । यसै सन्दर्भमा क्यापिटल इकोनोमिक्सका अर्थशास्त्री जिचुन हुवाङले यदि चीनले शून्य कोभिड नीति अवलम्बन गरिरहने हो भने सन् २०२३ मा चीनको अर्थतन्त्र समस्या ग्रस्त नै रहने बताएका छन् ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र, चीनले शून्य कोभिड नीति अवलम्बन गर्दा चीनको आन्तरिक उत्पादन र निर्यातमा मात्रै समस्या परेको छैन कि चीनको उक्त नीतिले विश्व आर्थिक चक्रमा माग र आपूर्तिको श्रृङ्खलामा समेत असन्तुलन गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया