विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोभिड–१९ संक्रमण फैलिएपछि त्यसबाट विश्व अर्थतन्त्र नै प्रभावित हुन पुगेको छ ।
चीनले अवलम्बन गरेको शुन्य कोभिड नीतिका कारण उद्योग कलकारखानाहरु बन्दको अवस्थामा छन् । यस नीतिका कारण आवागमन क्षेत्र प्रभावित हुँदा आपूर्ति श्रृङ्खला अवरुद्ध हुन पुगको छ ।
चीनका विभिन्न सहरहरुमा विश्वका प्रमुख कम्पनीको उत्पादन युनिट अवस्थित छन् । शून्य कोभिड नीतिका कारण उत्पादन प्रभावित हुन पुगेको छ । विश्वव्यापी रुपमा मूल्यवृद्धि आकाशिँदै गरेको अवस्थामा रुस–युक्रेन युद्ध कायम रहिरहनु र चीनले शून्य कोभिड नीति लागु गरिरहँदा विश्व अर्थतन्त्र मन्दी उन्मुख भएको छ ।
यसै क्रममा चीनको व्यापार सन् २०२० मे महिना यताकै कम हुन पुगेको छ । अक्टोबर महिनाको व्यापार गत वर्षको तुलनामा ०.३ प्रतिशतले घटेको छ । सेप्टेम्बर महिनामा ५.७ प्रतिशतले बढेको निर्यात अक्टोबर महिनामा ओरालो लागको छ । यसैगरी गत वर्षको तुलनामा आयात ०.७ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया