बेइजिङको वैदेशिक व्यापार १९.३ प्रतिशतले वृद्धि

0
Shares

बेइजिङको यस वर्षको पहिलो १० महिनामा कूल वैदेशिक व्यापार करिब ४११.६ अर्ब अमेरिकी डलर पुगेको भन्सार तथ्याङ्कले देखाएको छ ।

बेइजिङ भन्सारका अनुसार यो तथ्याङ्क गत वर्षको सोही अवधिको तुलनामा १९.३ प्रतिशतले बढी हो ।

जनवरीदेखि अक्टोबरसम्म बेइजिङको आयात २६।६ प्रतिशतले बढेर २.५ ट्रिलियन युआन पुगेको छ भने निर्यात ९.१ प्रतिशतले घटेर ४६४.६ अर्ब युआन पुगेको जनाइएको छ ।

यस अवधिमा, सोलार व्याट्री, लिथियम–आयन ब्याट्री र विद्युतीय सवारी साधनहरू मुख्य निर्यात उत्पादनहरू देखिएका छन् ।

अक्टोबरमा मात्रै चीनको वैदेशिक व्यापार २५.२ प्रतिशतले वृद्धि भई ३०७.६६ अर्ब युआन पुगेको चीनले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।