आदिवासी जनजातिको जीवन स्तर सुधारका लागि विश्व बैंकको ५८ करोड सहयोग

0
Shares

नेपालको वनक्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति तथा स्थानीय समुदायहरूको क्षमता सुदृढ गर्न वल्र्ड बैंकले ५८ करोड रुपैयाँ सहयोग गरेको छ ।

उक्त सहयोग सम्झौतामा नेपालको नेतृत्व गर्दै नेपाल ग्रामीण पुनर्निर्माण संस्थाका अध्यक्ष डा. अर्जुन कार्की र वल्र्ड बैंकको तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरेका छन् ।

जनजाति र स्थानीय समुदायका लागि पाँचवर्षे लक्षित अनुदानले स्थानीय, राष्ट्रिय र विश्वव्यापी स्तरमा नेपालको वन विनास तथा वन क्षयीकरणबाट हुने कार्बन उत्सर्जन न्यूनिकरण गर्ने प्रक्रियामा सहभागी भई विभिन्न क्रियाकलाप मार्फत आदिवासी जनजाति र स्थानीय समुदायहरूको क्षमता अभिवृद्धि गर्न मद्दत गर्नेछ

नेपालले न्युन मात्रामा कार्बन उत्सर्जन गर्ने भएता पनि जलवायु परिवर्तन जोखिममा नेपाल अग्रणी स्थानमा रहेको छ । जलवायु परिवर्तनको असर न्युनिकरण गरी आदिवासी, जनजाति तथा स्थानीय मानिसहरुको जीवनस्तर उकास्न यस परियोजनाको लक्ष्य रहेको छ ।

परियोजनाको रकम विशेषतः मधेस र लुम्बिनी प्रदेशका वनमा आश्रित समुदायका लागि खर्च हुने वल्र्ड बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।