नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जा मार्गदर्शनले पारेको अफठ्यारो सोध्दा जवाफ नदिने व्यवसायीले नै विरोध गर्ने गरेको बताएका छन । उनले सुशासीत र अनुशासीत बनाउन ल्याइएको मार्गदर्शन विना कारण लागु गर्न हुँदैन भनेर विरोध गर्नु भनेको बुझाइको कमजोरी रहेको बताएका हुन
“कुन बुँदाले व्यवसायीलाई अफठ्यारो भयो भनेर प्रश्न गर्दा त्यसको जवाफ छैन,” गभर्नर अधिकारीले भने,“तरपनि मार्गदर्शन लागु गर्न हुदैन भनेर अन्ध रुपमा भनिएको मात्र छ ।” यस बिषयमा प्रयाप्त बुझ्ने बुझाउने काम नभएकाले फरक मत आएको उनको भनाइ छ।
बैंकहरुले ग्राहकलाइ र व्यवसायी संघ संगठनका नेतृत्वले आफ्ना सदस्यहरुलाई राम्रो संग नबुझाएका कारणले पनि विवाद जस्तो देखिएको उनको भनाइ छ । “चालु पुँजी कर्जा मार्गदर्शनको विरोध गर्नु पर्ने कुनै कारण नै छैन,” उनले भने,“यसलाइ लागु हुनु हुदैन भन्नु भनेको हामी सुशासीत, अनुशासीत हुन चाहँदैनौ भन्ने देखिन्छ ।” बैंकसंग स्रोत छ र त्यसलाई जसरी पनि चलाउन पाउनु पर्छ भन्नु उपयुक्त नभएको उनको तर्क छ । अहिलेको आवश्यकता भनेको बैंक/वित्तीय संस्थासंग भएको स्रोत रि एलोकेसन हो । स्रोतको सहि प्रयोग नै नभएकाले त्यसको रि एलोकेसन गर्नु अहिलेको अवश्यकता रहेको अधिकारीले बताए । स्रोतको सदुपयोगको मिसम्याच भएका कारण आन्तरिक उत्पादन विस्तार गर्न नसकिएको समेत उनको बुझाइ छ ।
विश्व अर्थतन्त्र आगामी वर्ष अलिकती जटिल अवस्थमा जादैछ । यसको पुर्वअनुमान अन्तराष्ट्रिय मुद्रा कोष, बल्र्ड बैंक लगायतले पनि आगामी वर्षको विश्व अर्थतन्त्रको अवस्था जटिल हुने अनुमान गरिसकेको अवस्था छ । त्यसको असर संसारभरी नै पर्ने हुँदा हामीले पनि स्विकार गर्नु पर्ने अधिकारीले बताए ।
कोरोना महामारी पछि रुस युक्रेनको युद्धका कारण महंगी बढेको छ । कतिपय देशको महंगी ८३ प्रतिशतसम्म पुगेको छ । साउथ एसियामा हाम्रो अर्थतन्त्रको अवस्था बंगलादेश भन्दा पनि राम्रो अवस्थामा रहेको अधिकारीले जानकारी दिए । नेपालको सन्दर्भमा अहिले पनि निमार्ण क्षेत्र कमजोर हुदा छड तथा सिमेन्ट लगायका क्षेत्रमा असर गरीरहेको उनले बताए । तर, साना तथा मझौला उद्यम र उत्पादन क्षेत्रलाई जोगाउने खालको नीति अहिले पनि अबलम्बन गरिएको उनको भनाइ छ ।
नेपाली अर्थतन्त्रका लागि गत वर्ष निकै दबाब पुर्ण रहेको बताउँदै उनले भने,“रेमिट्यान्ले आयात गरेर उपभोगमा खर्च गर्दा आन्तरिक उत्पादन नहुनुका साथै विदेशी विनिमय सञ्चितिमा दबाब प्रयो ।” त्यसलाइ सुधार गर्न पोलिसी रेटमा गरिएको हस्तक्षेप र आयातमा गरिएको प्रतिवन्धले ठुलो सहयोग गरेको गरेको उनको बुझाइ छ । तर, सरकारको उद्देश्य नियन्त्रण गर्ने नभई पोलिसी रेट वा डिउटीहरु मार्फत नै समायोजन गरेर नियन्त्रण हुने मान्यता हुन्छ । सरकारले आयात नियन्त्रण र पोलिसी रेट बढाएपछि करेक्सन पनि हुदै गइरहेको गर्भनर अधिकारीले बताए । पछिल्लो तीन महिनाको तथ्याङक आउदा बाह्य अवस्था १२ अर्ब रुपैयाँले सकारात्मक देखिएको समेत उनले जानकारी दिए ।
पछिल्लो समयमा बैंकिङ प्रणालीमा देखिएको तरलता समस्याको समाधान हुने संकेत देखिएको उनको दावी छ । विदेशी विनिमय सञ्चितिमा आएको सुधार र आयातमा गरिएको नियन्त्रणले नै वित्तीय क्षेत्रको तरलता समस्या सहज हुने अवस्थामा पुगेको गभर्नर अधिकारीको भनाइ छ ।
तर, आयात नियन्त्रण गरेर विदेशी विनिमय सञ्चिति बढाउदा सरकारको वित्तीय व्यवस्थापनमा असर गरेको उनको विश्लेषण छ । “आयात घटेर सरकारको आम्दानीमा असर भइरहेको छ । वित्तीय व्यवस्थापनमा सरकारलाई आफठ्यारो पर्ने हुन सक्छ,” उनले भने,“ वित्तीय व्यवस्थापन र बाह्य क्षेत्रलाइ सन्तुलनमा राखेर अघि बढ्नु पर्छ ।” यसका लागि हामीले आन्तरिक उत्पादन बढाउन ध्यान दिनु पर्ने उनको बुझाइ छ ।
सन् २०१९/२०२० मा नेपालको आर्थिक वृद्धिदर २.४ प्रतिशतले नकारात्मक रह्यो । त्यो अवस्थामा पनि कृषि क्षेत्र २ प्रतिशतले सकारात्मक थियो । यसले पनि कृषि क्षेत्रलाई महत्वका साथ हेरीएको उनले बताए। कोरोनाको अवधिमा गरिएको सहजकीकरणको असर बैंकहरुको एसेट क्वालिटिमा परको जानकारी उनले दिए । अहिले हामीले १.५ प्रतिशतको नन पर्फमिङ एसेट भनेपनि त्यसको प्रोभिजनिङ गरी राख्दा बैंकहरुको नाफामा असर गरेको उनले बताए । नाफामा असर गर्दा पुँजी प्रयाप्तता र सलभेन्सीमा पनि असर गर्ने उनको भनाई छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया