चिनियाँ सरकारले शून्य कोभिड नीति खुकुलो गर्ने जनाएको छ । शून्य कोभिड नीतिप्रति विरोध प्रर्दशनी चर्किदै गएपछि चिनियाँ सरकार त्यसलाई खुकुलो बनाउन तयार भएको हो ।
विश्वव्यापी रुपमा कोभिड–१९ संक्रमणको प्रभाव कम हुँदै गए तापनि चीनमा दिनानुदिन क्रममा कोभिड संक्रमण फैलिँदै गएको छ । कोभिड नियन्त्रणका लागि चीनले कडाइका साथ शुन्य कोभिड नीति अवलम्बन गरिरहँदा चिनियाँ नागरिकहरुले विरोध प्रर्दशनीमा उत्रिएका छन् ।
विरोध प्रर्दशनी चर्किँदै गएपछि चीनले शून्य कोभिड नीति केही खुकुलो बनाएको छ । कोभिड संक्रमण नियन्त्रण गर्न सरकारले अपनाएको नीति विरुद्ध चीनमा एक दशक यताकै ठूलो विरोध प्रर्दशनी देखिएको छ । अहिले चीनमा राष्ट्रपति सि जिङफिङले राज्यसत्ता सम्हाले यताकै ठूलो विरोध प्रर्दशनी चलिरहेको छ ।
विरोध प्रदर्शनी क्रुर बन्दै गएपछि चीनको गोन्जाओ सहरले उद्योग तथा कलकारखानामा लगाएको लकडाउन हटाएको छ । यसैगरी चीनको एक सहरले विद्यालय र सिनेमा घरहरु सञ्चालनमा ल्याउन आदेश दिएको छ ।
शून्य कोभिड नीतिले संकटबाट गुज्रिरहेको विश्व अर्थतन्त्रमा थप समस्या थपेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले कोभिड संक्रमण नियन्त्रणका लागि लकडाउन गर्दा आपूर्ति श्रृङ्खला अवरोध हुन पुगेको छ ।
यसैगरी चीनको आर्थिक वृद्धि दर दशक यताकै कमजोर हुन पुगेको छ । अन्तर्राष्ट्रिय मुदा कोष (आइएमएफ) ले सन् २०२२ को चीनको आर्थिक वृद्धि दर ३.२ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यसैगरी सन् २०२३ मा चीनको आर्थिक वृद्धि दर २.७ प्रतिशत रहने आइएमएफले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया