उडान प्रशिक्षणका क्रममा नेपाली युवाको दक्षिण अफ्रिकामा मृत्यू

0
Shares

दक्षिण अफ्रिकामा हवाई उडान प्रशिक्षणका क्रममा एक नेपाली विद्यार्थीको मृत्यू भएको छ । अफ्रिकाको प्रिटोरिया स्थित नेपाली दुतावासका अनुसार काठमाडौ गोकर्णेश्वरका प्रथम सुवेदीको मृत्यू भएको हो ।

दक्षिण अफ्रिकाको ग्राण्ड सेन्ट्रल एअरपोर्ट, मिडरयाण्डस्थित लाइट तालिम सेन्टर नामक प्रशिक्षण संस्थामा ब्यवसायिक पाइलट लाइसेन्स कोर्समा अध्ययनरत सुवेदीको मृत्यू भएको हो ।

गत माग १ गते आइतवार बिहान उडान प्रशिक्षणको क्रममा जोहानेस्बर्गको एफएनबी रंगशालाको आसपास क्षेत्रमा विमान दुर्घटना हुँदा असामयिक निधन भएको दुतावासले जनाएको छ ।

उक्त विमान दुर्घटनामा डच प्रशिक्षक अरियान असदको समेत मृत्यु भएको पुष्टि भएको छ । मृतक नेपाली विद्यार्थी र डच प्रशिक्षकको मृत्यु सम्बन्धी पोष्टमार्टम रिपोर्ट केही दिनभित्र उपलब्ध हुने दुतावसाले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।