मुद्रास्फीतिलाई सीमाभित्र राखी ब्याजदर नियन्त्रणको पहल भइरहेको छ: अर्थमन्त्री

0
Shares

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ब्याजदर वृद्धि र मुद्रास्फीतिबीच सम्बन्ध रहेको जनाउँदै मुद्रास्फीतिलाई सीमाभित्र राखी ब्याजदर नियन्त्रणको पहल भइरहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले राष्ट्र बैंक स्वायत्त निकाय भएता पनि अहिले देखिएका समस्याहरुको समाधानका लागि समन्वयन गर्दै अघि बढ्ने बताए ।

साना, मझौला तथा घरेलु उद्योगहरु महंगो ब्याजदर, नीतिगत अस्पष्टता, कच्चा पदार्थको आपूर्तिमा समस्या भएका कारण संकटको अवस्थामा रहेको विषयलाई अर्थमन्त्रालयले गम्भिर रुपमा लिएको उनको भनाई थियो ।

एसएमईज सम्मेलनमा बोल्दै उनले नीतिगत अस्पष्टताको विषयमा नीजि क्षेत्र तथा एसएमईजहरुले कुन कुन प्रश्नमा नीतिगत अस्पष्टता छ र कस्तो स्पष्टता नीजि क्षेत्रले चाहेको छ त्यसबारे स्पष्ट पार्न पनि सुझाव दिएका छन् ।

यस्तै प्रक्रियागत झन्झट र ढिलासुस्तीको विषयमा बोल्दै उनले सरकारी सेवा प्रवाहमा कतै समस्या देखिएको खन्डमा निजी क्षेत्रले त्यसको जानकारी अर्थमन्त्रालयलाई गराउन निर्देशन समेत दिएका छन् । सरकारले कुनै निर्णय कुनै समुदायमा अवलम्बन गर्नुअघि सरकारले उक्त समुदायका मानिसहरुसँग बहस गरी निष्कर्षमा पुगी निर्णय गर्ने उनले बताए ।

नेपालको अर्थतन्त्रको मुख्य आधारस्तम्भ नै साना तथा मझौला उद्योगहरु रहेको बताउदै ती उद्योगहरुको सम्वर्दन तथा प्रवद्र्धनका लागि परियोजना कर्जा नियमावली कार्यान्वयनमा ल्याउने पौडेलले बताए । यस्तै नेपाली युवाहरुलाई नेपालमै कामगर्ने वातावरण सिर्जना गर्नका लागि स्र्टाटअप कार्याविधि पनि लागु गर्ने अठोट पौडेलले लिएको बताए ।

नियामावली निर्माण तथा कार्यान्वयनमा ढिलासुस्ती हुँदा नीजि क्षेत्रले समयसमयमा स्मरण गराउने र प्रश्न गर्नुपर्ने बताएका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।