पछिल्लो समयमा अन्तर्राष्ट्रिय विनिमय बजारमा भारु बलियो हुँदै गएको छ ।
सन् २०२२ को डिसेम्बर महिनादेखि डलर कमजोर हुँदै गएपछि भारु लगायतका अन्य दक्षिण एशियाली देशका मुद्राहरु क्रमिक रुपमा बलियो हुँर्दै गइरहेका हुन् ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा आर्थिक गतिविधि चलायमान भएसँगै डलर कमजोर हुँदै गएको छ । चीनले अपनाएको शून्य कोभिड नीतिका कारण लकडाउन हुँदा त्रसित बनेका लगानीकर्ताको कोभिड नीति खुकुलो भएसँगै मनोबल बढेको छ ।
यस सँगै लगानीकर्ताहरुले आफ्नो लगानीलाई विविधिकरण गरेका छन् । जसकारण सेयर बजार तथा मुद्राको मूल्य बढेको छ ।
आज विनिमय बजारमा एक डलर बराबर ८१.१२५ भारुमा कारोबार भइरहेको छ । आर्थिक वर्ष २०२२ को दोस्रो त्रैमासको अन्त्यसम्ममा एक डलर बराबर ८०.५ भारु हुने पर्सनल कन्जम्सन एक्सपेन्डिचरको डिफ्लेटरले जनाएको छ ।
तथापी आगामी समयमा अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भले ब्याजदरका सम्बन्धमा गर्ने निर्णयले भारु र डलरको मूल्य निर्धारण गर्ने छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया