च्याटजीपिटिलाई टक्कर दिन गुगलले बनायो ‘बार्ड’ च्याटबोट

0
Shares

च्याटजीपिटिको लोकप्रियता बढ्दै गएपछि गुगलले आफ्नो सेवामा वृद्धि गर्दै आर्टिफिसयिल इन्टेलिजेन्स जडित च्याटबोट ‘बार्ड’ निर्माण गरेको छ ।

बार्ड च्याटबोटलाई हाल एक निश्चित समूहले परीक्षण गरिरहेको र केही समयपछि आम मानिसका लागि पनि उपलब्ध हुने गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले जनाएको छ ।

ओपनएआई कम्पनीले निर्माण गरेको च्याटजीपिटी सन् २०२२ को नोभेम्बर महिनामा लन्च भएको थियो । लन्चको केही दिन पछि नै च्याटजीपिटिका प्रयोगकर्ताहरुको सङ्ख्यामा भएको वृद्धिका कारण गुगललाई टक्कर दिन सक्ने अनुमान गर्दै आएका थिए ।

च्याटजीपिटीले प्रयोगकर्ताहरुले सोधेका प्रश्नहरुको सरल, सहज र संवेदनशील शैलीमा जवाफ दिन्छ । च्याटजीपिटिको यहि विशेषताका कारण यसको प्रयोग विश्वभर बढेको छ । च्याटजीपिटि अघि मुख्य सर्च इन्जिन गुगल रहँदै आएको थियो । तथापि च्याटजीपिटिले कृतिम बौद्धिकताको प्रयोग गरी प्रयोगकर्ताले खोजेअनुसार जवाफ सिर्जना गरिदिँदा गुगलले पनि बार्ड लन्च गरेको हो ।

बार्ड गुगलको वृहत भाषा मोडल ‘लाम्डा’को परिष्कृत भर्सन रहेको जसले मानिसहरुको संवेदना बुझेर रेस्पोन्स जेनेरेट गर्न सक्ने इन्जिनियरहरुको भनाइ रहेको छ । बार्डका विषयमा गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाइ भन्छन्,“बार्डले विश्वभरको ज्ञानलाई थप बौद्धिक, रचनात्मक र संवेदनात्मक ढङ्गले प्रस्तुत गर्ने छ ।” यस्तै गुगलले निर्माण गरेको कृतिम बौद्धिकताबाट सञ्चालित बार्ड गुगलको लाम्डा मोडलको लाइटवेट भर्सनका रुपमा सुरुवाती अवस्थामा सञ्चालनमा रहेको छ ।

पिचाइले च्याटबोट बार्डलाई “बोल्ड एन्ड रेसपोन्सीबल” भनेका छन् तर यसले नकरात्मक, हानिकारक तथा कन्टेन्टबाट प्रयोगकर्ताहरुको बचाउ कसरी गर्नेछ भन्ने विषयमा भने उनले कुनै धारणा व्यक्त गरेका छैनन् ।

माइक्रोसफ्ट कर्पोरेशनले च्याटजीपिटिलाई आफ्नो सर्च इनिजन बिङमा उपलब्ध गराउने सम्बन्धमा ओपनएआई कम्पनीसँग गरेको बैठक पछि गुगलले विभिन्न कृतिम बौद्धिकात्मक टूलहरुको विकास गर्ने घोषणा गरेको थियो । जसमध्येको बार्ड पनि एक कृतिम बौद्धिकताद्धारा सञ्चालित च्याटबोट हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।