कम्प्युटर एसोसिएसनको अध्यक्षमा सुनैना घिमिरे सहित प्यानलले घोषणा गर्यो उम्मेदवारी

Parmeshwor Adhikari
0
Shares

कम्प्यूटर एसोसिएसन नेपाल (क्यान महासंघ)को आगामी निर्वाचनमा सुनैना घिमिरे पाण्डेको समूहले उम्मेदवारी घोषणा गरेको छ ।

राजधानीमा एक कार्यक्रमका बिच सुनैनाले आफ्नो उम्मेदवारीसँगै प्यानलको घोषणा गरेकी हुन् ।

उम्मेदवारी घोषणा गर्दै पाण्डेले क्यानलाई सूचना प्रविधिको क्षेत्रमा ससक्त बनाउने बताइन् । सुनैनाले सबल र अनुसन्धानमुलक संस्थाको रुपमा क्यानलाई बिस्तार गर्दै सहि नीति र नेतृत्वले मात्र संस्था अघि बढ्ने बताएकी उनले आफु त्यसका लागि अब्बल भएको बताइन् । उनले संस्थालाई अघि बढाउन सक्दो अभियान चलाउने भन्दै क्यानको अध्यक्षमा निर्वाचित गराउन आग्रह गरिन् ।

स्टार्टअप कम्पनीहरुलाई प्रोत्साहन गर्दै आईसीटी बोर्ड गठन गर्न पहल गर्ने बताएकी उनले क्सायनलाई स्मार्ट क्यान बनाउने बताएकी थिइन् । उनले आफुलाई क्यान अध्यक्ष निर्वाचित गराएको खण्डमा आफ्नो कार्यकालमा सूचना तथा प्रविधि क्षेत्रमा ५ लाख रोजगारी श्रृजना गर्ने बताइन् ।

यसअघि नै अध्यक्षका अर्का प्रत्यासी नवराज कुँवर समूहले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेको छ ।

सुनैना प्यानलका उम्मेदवारको नामावली :

अध्यक्ष सुनैना घिमिरे पाण्डे

संस्थागत आजिवन सदस्यतर्फ

बिक्रम सिंह, टिम एसिया नेपाल प्रालि
ई. समीर प्रधान, सिल्भरक्रेष्ट नेटवक्र्स प्रालि
अहमद खान, एप्टेक कम्प्यूटर एजुकेसन प्रालि

संस्थागत सदस्यतर्फ

विश्व राम बलामी, स्वस्तिक डिस्ट्रिब्युसन प्रालि
अरुण वंशल, हाई–टेक ईन्जिनियरिङ्ग प्रालि
उमेश रघुबंशी, ईन्फो डेभलपर्स प्रालि
रणजित कुमार पोद्दार, साथी ट्रेडिङ्ग ईन्टरनेशनल प्रालि
बुद्ध रत्न मानन्धर, यु–सफ्ट कम्प्यूटर प्रालि
सरिता सिंह कायस्थ, ओसियन कम्प्यूटर प्रालि
नुच्छे महर्जन, नेसनल कम्प्यूटर वल्र्ड प्रालि

व्यक्तिगत आजिवन सदस्यतर्फ

हेमपाल श्रेष्ठ
सुमन लाल प्रधान
ई. अमीत अग्रवाल

व्यक्तिगत सदस्यतर्फ

रेग बहादुर भण्डारी
चन्द्र विलास भुर्तेल
ई. गुण केशरी प्रधान
ई. बसन्त लिङ्गथेप
डा.श्रीधर मरासिनी
रुपेश भक्त श्रेष्ठ
सुष्मा शर्मा

प्रादेशिक सदस्य समुह सदस्यतर्फ

प्रदेश १
ठाकुर कुमार श्रेष्ठ– सुनसरी
भुपेन्द्र मैनाली– झापा

प्रदेश २
जितेन्द्र रौनियार– रौतहट
सरोज बाबु न्यौपाने – सर्लाही

प्रदेश ३
श्यामकल श्रेष्ठ– मकवानपुर
जयराम हुमागाई– काभ्रे

गण्डकी प्रदेश
जगन बहादुर गुरुङ्ग– कास्की
कृष्ण पौडेल(कुमार)– बाग्लुङ्ग

कर्णाली प्रदेशः
पुर्णदेव अधिकारी– सुर्खेत

सुदुर पश्चिम प्रदेशः
मनोहर कुमार श्रेष्ठ– कैलाली
खेमराज ढुङ्गाना– अछाम

लेखा समिति सदस्यतर्फः
राजु कट्टेलः व्यक्तिगत समुहबाट
केशव भट्टराईः संस्थागत समुहबाट
नारायण क्षेत्रीः जिल्ला शाखा समुहबाट