एलन मक्सले च्यारिटिमा दिए दुई अर्ब डलर बराबरको टेस्लाको सेयर

0
Shares

संसारका सबैभन्दा धेरै धनीहरूकाे सूचीमा दोस्रो  वरियतामा रहेकाे व्यक्ति एलन मक्सले सन् २०२२ मा १ अर्ब ९५ करोड डलर बराबरको टेस्लाको सेयर च्यारिटिमा दिएको बताएका छन् ।

उनले टेस्लाको १ करोड १६ लाख कित्ता सेयर बिक्री गरी १ अर्ब ९५ करोड डलर बराबरको च्यारिटि गरेको बीबीसीले जनाएको छ ।

यस अघि उनले सन् २०२१ मा पनि ५ अर्ब ७४ करोड बराबरको सेयर बिक्री गरि च्यारिटिमा दिएका थिए । सन् २०२२ को च्यारिटिमा दिएको रकमको बारेमा कुरा गर्दै उनले २ करोड डलर क्यामेरन काउन्टीको एक स्कुलमा र १ करोड डलर टेक्सासको ब्राउन्सभीलमा “डाउनटाउन रिभाइटलाइजेसन” शीर्षकमा दान गरेका थिए ।

तथापि सन् २०२२ को अक्टोबर महिनामा ४४ अर्ब डलरमा ट्वीटर अधिग्रहण गरेका उनले सन् २०२३ मा ट्वीटरको नयाँ प्रमुख कार्यकारी अधिकृतको खोजीमा रहेका छन् । यसअघि आफूले नै नेतृत्व लिएका उनले ट्वीटरको आम्दानीमा आएको निरन्तर गिरावट र चौतर्फी रुपमा भएको विरोध पछि नेतृत्व हस्तान्तरण गर्ने जनाएका छन् 

 

ट्वीटर बाहेक एलन मक्सको विश्व विख्यात विद्युतीय कार निर्माता कम्पनी–टेस्ला र स्पेस कम्पनी एरोस्पेसका प्रमुख कार्यकारी अधिकृत रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।