तीन कम्पनीको सेयरमूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको सेयरमूल्य समायेजन भएको छ । बिहीबार सबैको लघुवित्त, सिभिल लघुवित्त र प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको हो ।

प्रभु इन्स्योरेन्सले आज फागुन १२ गते र सबैको लघुवित्त र सिभिल लघुवित्तले फागुन १४ गते आइतबार बुकक्लोज गर्दैछन् । यसअनुसार बिहीबार समायोजन अघिको मूल्यमा सेयर खरिद गर्नेले मात्र लाभांश पाउन र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

बोनस समायोजनपछि सबैको लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ७११ रुपैयाँ ८६ पैसा, सिभिल लघुवित्तको ६७४ रुपैयाँ ७७ पैसा र प्रभु इन्स्योरेन्सको ५२० रुपैयाँ ९९ पैसा निर्धारण भएको छ ।

बिहीबारको सबैको लघुवित्तको सेयर प्रतिकित्ता ८४० रुपैयाँ, सिभिल लघुवित्तको ७४९ रुपैयाँ र प्रभु इन्स्योरेन्सको ५५५ रुपैयाँ ९० पैसामा अन्तिम पटक कारोबार भएको थियो । बिहीबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर सेयरमूल्य समायोजन गरिएको हो । अब समायोजित मूल्यलाई आधार मानेर आइतबार तीनवटै कम्पनीको सेयर कारोबार खुला हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।