आत्मनिर्भर लघुवित्तको आईपीओमा कति पर्यो आवेदन ?

0
Shares

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते बिहीबारदेखि निष्कासन गरेको आईपीओमा शुक्रबार बिहान १० बजेसम्ममा ४१.१६ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार लघुवित्तको सेयरमा सर्वसाधारणबाट माग भएको सेयर संख्या १ लाख ६९ हजार ७५५ कित्ताको तुलनामा ४१.१६ गुणा बढी अर्थात ६९ लाख ८६ हजार ४६० कित्ताको माग परेको हो । आईपीओमा ६ लाख १६ हजार ४३ जनाले आवेदन गरेका छन् ।

लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासनका लागि छुट्याएको थियो । सोमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेकोले फागुन १५ गते नै निष्कासन बन्द हुनेछ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।