एमालेद्वारा सरकार छाड्ने निर्णय, समर्थन फिर्ता

0
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा एमालेको सोमबार बिहान बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै एमालेले सरकार छोडेको हो ।

बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले तत्काल संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको बताए । यसअघि फागुन २५ गतेको राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो ।

मानवअधिकार परिषद्को बैठकमा जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अन्तिम अवस्थामा सरकारले रोकपछि सरकारबाट हट्ने निर्णय गरेको हो ।  ‘मन्त्रिपरिषदको निर्णयको आधारमा जेनेभा जान लाग्नु भएका परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्रीले अन्तिम क्षणमा अकारण नजान निर्देशन गर्नुभयो । हामीलाई सरकार छाड्न, नभए उहाँले हटाउने वा विना विभागीय मन्त्री बनाउने अभिव्यक्ति दिनुभएपछि सरकारमा रहिरहन उचित देखेनौं ।’ एमाले उपाध्यक्ष पौडेलले भने ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।