टोयोटाको जनवरीमा उत्पादनमा वृद्धि, ब्यापार भने घट्यो

0
Shares

अटोमेकर टोयोटाको सन् २०२३ को जनवरीमा उत्पादन सङ्ख्या बढेको छ भने ब्यापार (सेल्स) मा भने गिरावट आएको छ ।

कम्पनीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीमा गत वर्षको तुलनामा टोयोटा मोटर्सका सवारी साधनहरुको ब्रिकी ३.६० प्रतिशतले घटेको छ । तथापि उत्पादन ८.४० प्रतिशतले बढेको हो ।

कोभिड–१९ संक्रमणका कारण उत्पन्न चीप अभावको समस्या, रुस–युक्रेन युद्धले सिर्जना गरेको सेमीकन्डक्टर आपूर्तिको अभावका कारण यस अघिका वर्षमा पनि टोयोटाको सेल्समा भारी गिरावट आएको थियो । वर्तमान अवस्थामा चीप सहजै उपलब्ध हुँदा कम्पनीले कारहरुको उत्पादन बढाएको छ ।

जापानमा र जापान बाहिर गरी पछिल्लो तीन महिनामा कम्पनीको उत्पादन १८ प्रतिशतले बढेर १ लाख ८६ हजार ९९८ युनिट पुगेको टोयोटाले जनाएको छ । कम्पनीले मार्चमा अन्त्य हुने त्रैमासमा २.४० ट्रिलियन येन अर्थात् १७ अर्ब ६० करोड सञ्चालन आम्दानी गर्ने लक्ष्य लिएको छ ।

टोयोटा मोटर्सको कार उत्पादनमा वृद्धि भएता पनि अटोमेकर कम्पनी होन्डा र निशानको उत्पादन घटेको छ । होन्डा मोटर्सको विश्वव्यापी उत्पादन २२ प्रतिशतले घटेको छ भने निशान मोटर्सको उत्पादनमा २५ प्रतिशतले कमी आएको छ । निशान मोटर्सको ग्लोबल सेल्समा पनि २६ प्रतिशतको गिरावट आएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।