प्रुडेन्सियल इन्स्योरेन्स र आशा लघुवित्तको लाभांशको घट्यो

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश दर घटाएको छ । फागुन १५ गते बसेको सम्बन्धीत कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश दर घटाउने निर्णय गरेको हो ।

प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट वित्तीय विवरण स्वीकृतीका क्रममा प्राप्त निर्देशन अनुसार लाभांश घटाएको हो । कम्पनीको संसोधित लाभांश कुल ३.५० प्रतिशतमा झरेको छ । कम्पनीले चुक्ता पुँजीको ३.३२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । यस अघि इन्स्योरेन्सले कुल ६.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्दै स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण समक्ष पेश गरेको थियो ।

उता आशा लघुवित्तको संसोधिता लाभांश कुल १५ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकको पत्रानुसार लाभांशं परिमार्जन गरिएको लघुवित्तले जनाएको छ । कम्पनीले चुक्ता पुँजीको १४.२८ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्नेगरी लाभांश परिमार्जन गरेको छ । यसअघि लघुवित्तले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

दुबै कम्पनीकाे परिमार्जित लाभांश दुबै संस्थाको नियामक निकायबाट स्वीकृति लिएर आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरेपछि मात्रै वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।