विश्व बैंकबाट सहुलियतपूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

Archana Neupane
0
Shares

मन्त्रिपरिषद् बैठकले देशमा गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी सहायता र ऋण सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा ३.८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयातसम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय हो ।

बैठकले काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा प्रशासकीय भवन बनाउने राष्ट्रिय वनक्षेत्रको ६ रोपनी जग्गा प्रयोग गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ । 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।