सिप्रदी ट्रेडिङ्ग प्रालिले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुको लागि मेगा होली क्याम्पको आयोजना गरेको छ । नेपालीहरुको महान पर्व होलीको अवसरमा सम्पूर्ण ग्राहकहरुमा शुभकामना स्वरुप उक्त कार्यक्रम आयोजना गरिएको हो ।
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बावु श्रेष्ठले फागुन १७ गते एक विशेष समारोहबीच उक्त कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रममा श्रेष्ठले ग्राहकवर्गको चाहना, आवश्यक्ता र हालको परिस्थितिलाई मध्यनजर गरी टाटा कमर्सियल गाडीहरुको सञ्चालन खर्चलाई न्यूनीकरण गर्ने उदेश्यले सिप्रदीले गुणस्तरीय सेवा दिँदै आएको बताए । साथै कम्पनीले टाटा जेन्यूइन पार्ट्स तथा टाटा जेन्यूइन आयलको मूल्यमा भारी छुट सुविधा प्रदान गरेको र उक्त सुविधाको भरपुर फाइदा उठाउन ग्राहकवर्गमा अनुरोध गरे ।
यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरुको निःशुल्क बम्पर टु बम्पर चेक जाँच, टाटा जेन्यूइन पार्ट्समा १५ देखी २२ प्रतिशतसम्मको छुट, टाटा जेन्यूइन आयलमा २५ प्रतिशत छुट, सर्भिस वुकिङ्ग गरेर आउने गाडीहरुलाई लेवर चार्जमा ५० प्रतिशत छुट र निःशुल्क वासिङ्ग सुविधा, र यस क्याम्पमा सहभागी हुने ग्राहकहरुका लागि अर्को चोटिको लागि पनि उहि छुट सुविधा भएको सर्भिस छुट कुपनको साथमा भाग्यशाली ३ जान ग्राहकहरुलाई स्र्माटफोन जित्ने सुवर्ण अवसर पनि प्रदान गरेको छ ।
सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारीक सर्भिस सेन्टरहरुमा २०७९ फागुन १७ देखि २१ गतेसम्म उक्त क्याम्प सञ्चालनमा रहनेछ । सिप्रदी टे«डिङ्ग प्रा. लि. का प्रमूख संचालक अधिकृत राजेश प्रसाद गिरीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै ग्राहकहरुलाई सधै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
उनले सम्पूर्ण ग्राहकवर्गलाई आफूलाई पायकपर्ने सिप्रदीका कुनै पनि सर्भिस सेन्टरमा गई यस मेगा होली सर्भिस क्याम्पमा सहभागी हुन समेत अग्रह गरेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया