ईङवा हाइड्रोपावरको आयोजना प्रभावित क्षेत्र परिवर्तन

Archana Neupane
0
Shares

ईङवा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागी जारी गरेको आइपीओको प्रभावित क्षेत्र परिवर्तन गरेको छ ।

फागुन २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीआको प्रभावित क्षेत्र परिवर्तन गरिएको हो । अब उक्त आइपीओमा ताप्लेजुङ्ग जिल्लको सिदिङ्गवा गाउँपालिका वडा नं. ३ (साविक आङखोप गा.वि.स. वडा नं.१ देखि ९ सम्म), पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ (साविक फलैचा गा.वि.स. वडा नं.१ देखि ९ सम्म) का बासिन्दाहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले पहिलो चरणमा आफ्नो जारी पूँजीको ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन पाइने छ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइने छ ।
कम्पनीको आईपीओमा प्रभावित क्षेत्रका बासिन्दाहरुले आगामी चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ। आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।