सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो

0
Shares

सुनको भाउ एकैदिन तोलामा १ हजार ७०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा एकैदिन सुनको भाउ उच्च रुपमा वृद्धि भएको हो ।
महासंघका अनुसार फागुन २८ गते आइतबारका लागि छापावाल सुनको भाउ १ लाख ३ हजा ५०० रुपैयाँ निर्धारण भएको छ । तोलामा ८०० रुपैयाँले बढेर शुक्रबार छापावाल सुन १ लाख १ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै तेजावी सुनको भाउ पनि अघिल्लो दिनको तुलनामा १ हजार ७०० रुपैयाँले बढेर १ लाख ३ हजार रुपैयाँ पुगेको छ । शुक्रबार तेजावी सुनको भाउ १ लाख १ हजार ३०० रुपैयाँ थियो । 

बहुमूल्य पहेँलो धातु सुनको भाउसँगै आज चाँदीको भाउ पनि उकालो लागेको छ । आइतबारका लागि चाँदीको भाउ प्रतितोला १ हजार २४५ रुपैयाँ तोकिएको छ । शुक्रबारको तुलनामा चाँदी तोलामा २५ रुपैयाँले महङ्गिएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८६७.३० अमेरिकी डलर र चाँदी प्रतिऔंस २०.५३ डलरमा कारोबार भएको छ ।

नेपालमा शनिबार बाहेक सातामा ६ दिन (आइतबारदेखि शुक्रबारसम्म) सुनचाँदीको भाउ निर्धारण हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल रत्न तथा आभुषण महासंघले नेपालमा खरिद बिक्री हुने भाउलाई आधार मानेर नेपालमा मूल्य तोक्दै आएका छन् । अन्तर्राष्ट्रिय बजारमा भाउ बढे नेपालमा पनि बढ्ने र भाउ घटे सोही अनुसार नेपालमा पनि घट्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।