आरएमडिसी लघुवित्त, समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको मंगलबार सेयर मूल्य समायोजन भएको छ ।
बुधबार बुकक्लोज तोकेका तीन लघुवित्त वित्तीय संस्थाको भोलि बुकक्लोज तोकेसँगै आज सेयर मूल्य समायोजन भएको हो ।
आरएमडिसी लघुवित्तको चुक्ता पुँजीको २६ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७३८ रुपैयाँ २५ पैसा तोकिएको छ । मंगलबार लघुवित्तको सेयर अन्तिम पटक ९३० रुपैयाँ २० पैसामा कारोबार भएको थियो ।
यसैगरी मनकामना स्मार्ट लघुवित्तको चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७२५ रुपैयाँ ५४ पैसा तोकिएको छ । मंगलबार लघुवित्तको सेयर अन्तिम पटक ७६० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै समता घरेलुको चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६३९ रुपैयाँ ५७ पैसा तोकिएको छ । मंगलबार लघुवित्तको सेयर अन्तिम पटक ७३५ रुपैयाँ ५० पैसामा कारोबार भएको थियो ।
मंगलबार कारोबार भएको अन्तिम मूल्यका आधारमा सम्बन्धीत लघुवित्तले प्रस्ताव गरेको बोनस सेयर सेयर समायोजन गरी नेप्सेले समायोजित सेयरमूल्य तोकेको हो । अब बुधबार तीनवटै कम्पनीको सेयर कारोबार दोस्रो बजारमा आज समायोजन भएको भाउलाई आधार मानेर खुल्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया