विदेशी मुद्राको खरिद र बिक्री दरको अन्तर एक प्रतिशत, अमेरिकी डलरको हकमा ६० पैसा

0
Shares

बैंक तथा वित्तीय संस्थाले विदेशी मुद्राको विनिमय दर तोक्दा खरिद र बिक्री विचको अन्तर अधिकतम एक प्रतिशत हुनु पर्नेछ ।

केन्द्रीय बैंकले एकिकृत निर्देशनमा नयाँ व्यवस्था थप गर्दै विदेशी विनियम दर तोक्दा खरिद र बिक्रीमा एक प्रतिशतसम्मको फरक गर्न सक्ने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले बैंक वित्तीय संस्थालाई निर्देशन दिदै विदेशी विनिमय दर कायम अमेरिकि डलरको हकमा भने नेपाली रुपैयाँ ६० पैसा भन्दा धेरै कायम गर्न नपाइने व्यवस्था गरेको हो ।

यसभन्दा अघि केन्द्रीय बैंकले यसरी खरिद र बिक्री दर विचको अन्तर तोकेको थिएन । यो व्यवस्था ५० भन्दा साना दरका नगद नोट खरिद समेत लागु हुने केन्द्रीय बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।