प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २१ औं वार्षिक साधारण सभाबाट सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित भएको छ ।

दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा चैत्र १६ गते बिहीबार सम्पन्न भएको साधारण सभाले चुक्ता पुँजीको ३.३२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

हाल १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८१९ रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको बोनस सेयर वितरण पछि चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १३४ रुपैयाँ पुग्नेछ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमाको कारोबार गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।