दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर ३९ मिनेटमा तीन दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि आजै बिहान ११ बजेर २७ मिनेट जाँदा दोलखाको सुरी केन्द्रबिन्दु भएर पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको थियो । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ ।
पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ । यसअघि गत चैत १५ गते ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया