सामसुङका उत्पादन खरिद गर्दा ४१ प्रतिशतसम्म क्यासब्याक

Archana Neupane
0
Shares

सामसुङले नयाँ वर्ष २०८० को अवसरमा सामसुङका विभिन्न इलेक्ट्रोनिक उत्पादनहरू टिभीदेखि होम अपलायन्सहरूमा नयाँ वर्ष अफर घोषणा गरेको छ ।

यो अफर २०८० साल जेठ २ गतेसम्म लागु हुने छ । यो अफर सामसङको लेटेस्ट रेंजका टिभी, रेफ्रिजेरेटर र वाशिङ मेसिनका लागि लागु हुनेछ । नयाँ वर्षको यो अफरमा सामसङले आफ्ना कन्जुमर ड्युरेवल्स वस्तुहरूमा ४१  प्रतिशतसम्म क्यासब्याक दिएको छ ।

सामसुङ टिभी विगत १७ वर्षदेखि विश्वव्यापी रूपमा नम्बर १ रहेको छ । कलर भोल्युम १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजी सहितको सामसुङ फ्ल्यागशिप क्युएलइदि टिभीहरूमा आकर्षक क्यासब्याक प्रदान गरिएको छ। साथै, क्रिस्टल फोर के अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा २५ प्रतिशतसम्मको छुटमा पाउन सकिन्छ ।

सामसङको स्मार्ट टिभीले भ्वाइस असिस्टेन्स, पीसी र म्युजिक सिस्टम जस्ता धेरै सुविधाहरू अनवाइन्ड गर्ने, सिक्ने र अन्वेषण गर्ने अवसर दिएको छ । एक वर्षको पूर्ण उत्पादन वारेन्टी टिभीमा प्रदान गरिएको छ र कम्पनीले प्यानलहरूमा थप एक वर्षको वारेन्टी प्रदान गर्दछ ।

यो नयाँ वर्षसँगै कन्जुमरले आफ्नो भान्छाघरमा पनि नयाँ परिवर्तन ल्याउन सक्छन्। साथै, सामसुङको इनोभेटिभ साइडबाइ साइड रेफ्रिजरेटरहरू अपग्रेड गर्न सकिन्छ जुन ७०० लिटर क्षमता सम्मको छ । यस्तै, ३१४ लिटर क्षमताको कर्ड माइस्ट्रो टीएम वा डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजरेटरहरू सबैका लागि उपलब्ध छन् । यसमा २५ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी गरिएको छ ।

ग्राहकहरुले एआई इकोबबल टीएम वाशिंग मेसिनमा पर्सनलाइज्द लड्री एक्सपिरिएन्स प्राप्त गर्न सक्छन् जसमा सजेस्टिभ साइकलहरू उपलब्ध छन् र उनीहरुको ८ केजी, ९ केजी र १२ केजीको भेरियन्टमा २८ प्रतिशतसम्मको ग्यारेन्टी क्यासब्याक उपलब्ध छ। साथै, कन्जुमरहरुले फ्रन्ट लोड वासिंग मेसिनमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्, जुन ८ केजी र ९ केजी क्षमता र हाइजीन स्टीम सुविधा सहित आउँछ ।

यो विश्वव्यापी रूपमा पहिलो पटक कुनै इलेक्ट्रोनिक ब्राण्डले आफ्नो उत्पादनमा २० वर्षको वारान्टी प्रदान गर्दै छ । सामसङले अब आफ्नो फ्रिजको डिआइटी कम्प्रेसर र वासिङ मेसिनको डिआईटी मोटरमा २० वर्षको वारेन्टी उपलब्ध गराएको छ । जर्मन एसोसिएसन फर इलेक्ट्रिकल, इलेक्ट्रोनिक र सूचना प्रविधि (भर्ब्यान्ड डचर इलेक्ट्रोकनिकर–भीडीई) ले पनि डिजिटल कम्प्रेसर (फ्रिज) लाई २१ वर्षको विश्वसनीयता प्रमाणपत्र प्रदान गरेको छ । यो प्रमाणीकरण आईएसओ १५५०२ सट्यान्डर्ड प्रयोग गरी संचालन गरिएको इन्टरनल टेष्टिङपछि दिइएको थियो।

सामसुङले आफ्ना कन्जुमरहरुको लागि चुनिएको वस्तुहरूमा फ्रि– इन्स्टलेसन पनि उपलब्ध गराउँछ । यो अफर हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्क अन्तर्गत नेपालभर उपलब्ध छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।