धौलागिरी र खप्तड लघुवित्तले मर्जर प्रस्ताव पारित गर्न डाके साधारण सभा

0
Shares

एक आपसमा मर्जर तथा प्राप्ती प्रकृयामा रहेका धौलागिरी लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेका छन् । दुबै कम्पनीले बैशाख १६ गते साधारण सभा आह्वान गरेका हुन् ।

धौलागिरीले बाग्लुङ स्थित धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रको कार्यालय तथा खप्तड लघुवित्तले अत्तरियाको होटेल नमस्तेमा साधारण सभा आह्वान गरेको छ । गत आवबाट दुबै कम्पनीले कम्पनीले लाभांश प्रस्ताव गरेको छैनन् ।

धौलागिरी र खप्तड लघुवित्तबीच मर्जर सम्बन्धी कार्य अन्तिम चरणमा रहेकोले मर्जर सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने र मर्जर पश्चात बन्ने तदर्थ समितिमा सर्वसाधारणको तर्फबाट एक।एक जना सञ्चालक पठाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

यस्तै नेपाल राष्ट्र बैंकबाट मर्जरको लागि अन्तिम स्वीकृत पश्चात खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर, पुँजी, र सम्पूर्ण सम्पत्ति दायित्व एकृकीत गरी धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत गरी सञ्चालन गर्ने प्रस्ताव पनि पारित गर्ने रहेको छ ।

दुबै संस्थाको विशेष प्रस्तावको रुपमा एकीकृत मर्जरबाट हुने संस्थाको अधिकृत पुँजी वृद्धि गर्ने, संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, तथा प्रबन्धपत्र र नियमावलीको संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सो बमोजिम आवश्यकता अनुसार थपघट, परिमार्जन, संशोधन र सच्याउन वित्तीय संस्थाको सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने रहेको छ ।

दुबै संस्थाको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष ०७८र७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७८।७९ को लेखापरीक्षण प्रतिवेदन सहित २०७९ असार मसान्त सम्मको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु एनएफआरएस सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालु आवको बाह्य लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्वन्धमा पनि छलफल गरी पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि दुबै संस्थाले बैशाख २ गते बुकक्लोज मिति तोकका छन् । बुकक्लोज अनुसार बैशाख १ गतेसम्म कायम सेयरधनीले मात्र सम्बन्धीत कम्पनीको साधारणस भामा भाग लिन सक्ने छन् ।

हाल धौलागिरी लघुवित्त र खप्तड लघुवित्त मर्जर प्रक्रियामा छन् । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि यी दुई कम्पनीले एकिकृत कारोबार सुरु गर्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।