नेप्सेमा ५ लाख १४ हजार कित्ता बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५ लाख १४ हजार ८० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।  नेप्सेका अनुसार युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को चुक्ता पुँजीको ५ प्रतिशत बराबरको बोनस सेयर बिहीबार सूचीकृत भएको हो ।

युनाइटेड इन्स्योरेन्स आर्थिक वर्ष २०७८/७९ बाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशतबोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको पुस २६ गते सम्पन्न भएको २९ औं वार्षिक साधारण सभाका लागि पुस १७ गते बुकक्लोज गरिएको थियो । यसअनुसार पुस १६ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र सो बोनस पाउनेछन् ।

बोनस पाउन योग्य सम्बन्धीत सेयरधनीले उक्त बोनस सेयर डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।