सानिमा जिआईसी इन्स्योरेन्सले संस्थापक सेयर हिस्सा घटाउने

0
Shares

सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको सेयर स्वामित्व परिवर्तन हुने भएको छ । कम्पनीले विद्यमान संस्थापक सेयर स्वामित्व घटाएर सर्वसाधारणतर्फको स्वामित्व वृद्धि गर्ने भएको हो ।

हाल कम्पनीमा संस्थापक समूहको हिस्सा ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत कायम रहेको थियो । संस्थापक सेयर साधारणमा परिवर्तनपछि कम्पनीको १९ प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत हुनेछ । सोपछि कम्पनीको संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम हुनेछ ।

कम्पनीले संस्थापक सेयरधनीहरुलाई आफ्नो सेयर परिवर्तन गर्न नचाहेमा वा गर्न इच्छा नभएमा आजको मितिदेखि ७ दिनभित्र लिखित जानकारी गराउन अनुरोध गरेको छ । सो अवधि भित्रमा सेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धी जानकारी प्राप्त नभए प्रचलित कानुन बमोजिम तोकिएको अनुपातमा सर्वसाधारण समूहमा परिणत हुने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।