आगामी बजेटको मस्यौदा लेखन समिति गठन, संयोजकमा भुपाल बराल

0
Shares

अर्थमन्त्री डा. प्रकास शरण महतले आगामी आर्थिक वर्ष २०८०/२०८१ को बजेट निमार्ण प्रक्रिया सुरु गरेका छन् । मन्त्री महतले आगामी आवको बजेटको मस्यौदा लेखनका लागि समिति गरेका हुन ।

मन्त्री महतले अर्थमन्त्रालयका सहसचिव भुपाल बरालको संयोजकत्वमा शुक्रबार बजेटको मस्यौदा लेखन समिति गठन गरेका हुन । मन्त्रीस्तरीय निर्णयबाट गठन भएको मस्यौदा समितिमा अर्थमन्त्रालयका सहसचिवहरु उत्तर कमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनराज शर्मा सदस्य रहेका छन ।

संविधान अनुसार हरेक आर्थिक वर्षको आय व्यय विवरण आर्थिक वर्ष सुरु हुनु भन्दा डेढ महिना अघि अर्थात जेठ १५ गते ल्याउनु पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार बजेट ल्याउनका लागि मन्त्री महतले बजेटको मस्यौदा लेखन समितिको निर्माण गरेका हुन । समितिले आगामी आर्थिक वर्षको बजेटको खाका तयार गर्नेछ । सोही खाकालाई अर्थमन्त्री महतले अन्तिम रुप दिनेछन ।

अर्थतन्त्रलाई गति दिने तथा ब्याजदर घटाउने र बजारमा माग बढाउने गरी बजेट ल्याउने तयारी महतको छ । उनले अर्थतन्त्रलाई गति दिनका लागि भएपनि नयाँ कार्यक्रम समावेश भन्दा पनि पुरानो कार्यक्रमलाई स्रोत व्यवस्थाका आधार निरन्तरता दिने संकेत दिइसकेका छन । यसभन्दा अघि नेता तथा कार्यकर्ता रिझाउनका लागि स्रोत व्यवस्थापन नै नगरी योजना घोषणा गर्ने अभ्यसलाई अन्त्य गर्ने प्रतिवद्धता समेत मन्त्री महतले गरेका छन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।