एनआईबिएल सहभागिता फन्डका इकाई सिन्धु विकास बैंकबाट पनि खरिद गर्न सकिने

0
Shares

पहिलो खुलामुखी सामुहिक लगानी योजना ‘एनआईबिएल सहभागिता फन्ड’ को इकाइहरु सिन्धु विकास बैंकबाट पनि खरिद गर्न सकिने भएको छ ।

फन्डको योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र सिन्धु विकास बैंकबीच योजनाका इकाइहरुको खरिद–बिक्री सहज ढंग गराउने उदेश्यका साथ बैंकलाई वितरक (एजेन्ट) का रुपमा नियुक्त गरिएको छ ।

सामूहिक लगानी कोष नियमावली तथा सोअन्तर्गतको निर्देशिका बमोजिम योजनाको वितरक (एजेन्ट) का रुपमा नियुक्त गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धकसचिन्द्र ढुंगाना र सिन्धु विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले हस्ताक्षर गरेका छन् ।

वितरक नियुक्ती गर्ने सम्झौतासँगै उक्त म्युचुअल फन्डका इकाइहरु सिन्धु विकास बैंकबाट किन–बेच गर्न सकिने भएको हो । यसअघि ‘एनआईबिएल सहभागिता फन्डु योजनाका इकाईहरुको कारोबार योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा, नेपाल इन्भेष्टमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, गुडविल फाइनान्सका तोकिएका शाखा, सम्पन्न क्यापिटल तथा क्यापिटलको वेबसाइटमा गई विद्युतीय प्रणाली मार्फत हुँदै आइरहेको छ ।

विगत ३ वर्षभन्दा बढी समयदेखि एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित यस योजना नेपालकै पुँजी बजारमा पहिलो खुलामुखी योजनाको रुपमा सफल भएको छ । यस योजनाले सञ्चालनको पहिलो आर्थिक वर्षमा नै आफ्ना इकाईधनीलाई ८.२५ प्रतिशत, दोस्रो आर्थिक वर्षमा ५० प्रतिशत तथा तेस्रो आर्थिक वर्षमा ७२० प्रतिशत नगद लाभांश प्रदान गरिसकेको छ ।

यस योजनामा लगानीकर्ताले भुक्तानीका लागि इ सेवा, खल्ती, कनेक्ट आईपीएस, थैली र नेपाल इन्भेष्टमेन्ट बैंकको इ–बैंकिङ प्रयोग गर्न सक्नेछन् । लगानीकर्ताले यस योजनामा लगानी गर्न व्यवस्थित लगानी योजना मार्फत दर्ता भई नियमित रुपमा पूर्वनिर्धारण रकम पूर्वनिर्धारित समयमा लगानी गर्न सक्ने व्यवस्थासमेत रहेको छ ।

एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फन्ड’ को कोष प्रवद्र्धकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।