एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने भएको छ ।
बैंक सञ्चालक समितिको चैत २७ गते सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७८–७९ बाट लाभांश वितरण नगर्ने निर्णय भएको हो ।
उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई बोनस र नगद कुनै पनि प्रकार लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने गरी वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया