पचास लाखसम्मको कर्जाको अग्रिम भुक्तानीमा शुल्क लिन नपाइने

0
Shares

नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको कर्जा तोकिएको समयभन्दा अगावै चुक्ता गर्दा अग्रिम भुक्तानी शुल्क नतिर्न आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट लिएको ५० लाख रुपैयाँसम्मको कर्जा तोकिएको समयभन्दा अगावै चुक्ता गर्दा अग्रिम भुक्तानी शुल्क लिन नपाइने व्यवस्था गरिएको जनाएको हो ।

राष्ट्र बैंकले ऋणीहरुलाई कर्जा अग्रिम भुक्तानी गर्दा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा वा लिने जानकारी दिएमा उक्त संस्थाको वेबसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारी समक्ष गुनासो दर्ता गर्न सेवाग्राहीहरुलाई आग्रह गरेको छ ।

साथै उक्त संस्थाबाट गुनासो सुनुवाइ नभएमा राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सकिने सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।