सरकारले सिंहदरवार र शीतल निवासको फोहर उठाउन पहल गर्ने निर्णय गरेको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले केहि दिन अघि चौध कारणसहित सिंहदरवारको फोहोर नउठाउने घोषणा गरेपछि शीतलनिवास, बालुवाटार र सिंहदरबारको फोहोर थुप्रिएको थियो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले मेयर साहलाई सचेत गराउने निर्णय गरेको हो ।
चौध मन्त्रालयको असहयोगपछि सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुपर्यो : बालेन
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नीतिगत व्यवस्थाअनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताइन् ।
बैठकले आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाषक विषादीको प्रयोगमा सीमा निर्धारण गर्ने विषयलाई मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलाई नियुक्ति गरेको पनि जानकारी दिइन् ।
०७९ चैत २८ गते बसेको मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णयः–
–आयातित र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम् सीमा निर्धारण गर्न मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने ।
–काठमाडौं उपत्यकाको फोहर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरवार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिने र आवश्यक पहल अघि बढाउने ।
–प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्यलाई नियुक्त गर्ने ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया