नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को चुनावमा हाल वरिष्ठ उपाध्यक्षको आधा मतगणना सम्पन्न भएको छ । बाँकी मतगणना गर्ने कार्य जारी छ ।
निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार ८०० मतगणना हुँदा बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले अग्रता लिएका छन् । बरिष्ठ उपाध्यक्षको प्रत्याशी संघईले सबैभन्दा धेरै ३१७ मत प्राप्त गरेका हुन् । यस्तै उनलाई पच्चछाउँदै अर्को प्रतिस्पस्र्धी अन्जन श्रेष्ठले २५५ मत प्राप्त गरेका छन् । श्रेष्ठ संघइभन्दा ६२ मतले मात्र पछाडि छन् ।
तेस्रो उम्मेदवार उमेशलाल श्रेष्ठले २१९ मत पाएका छन् भने हालसम्म २ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ ।
बुधबार भएको एफएमसीसीआईको चुनावमा वरिष्ठ उपाध्यक्ष पदका लागि कुल १ हजार ६५९ मत खसेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया