नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को चुनावमा बरिष्ठ उपाध्यक्षमा रोचक प्रतिस्पर्धा देखिएको छ ।
हाल वरिष्ठ उपाध्यक्ष तर्फको १ हजार २०० मतगणना सम्पन्न भएको छ । बाँकी मतगणना गर्ने कार्य जारी छ । हालसम्मको मतपरिणाम अनुसार रामचन्द्र संघईको मतको अग्रता रहेको छ । उनको मतान्तरलाई अर्को प्रतिस्पर्धी अन्जन श्रेष्ठले घटाएका छन् । ९०० मतगणना हुँदा ७१ मतले अगाडि रहेका संघईले थप ३०० अर्थात १ हजार २०० मतगणना हुँदा मतान्तर ३६ घटेर ३५ ले मात्र अगाडि रहेका हुन् ।
बरिष्ठ उपाध्यक्षको प्रत्याशी संघईले सबैभन्दा धेरै ४५२ मत प्राप्त गरेका हुन् । यस्तै उनलाई पच्चछाउँदै गरेका अर्को प्रतिस्पस्र्धी अन्जन श्रेष्ठले ४१७ मत प्राप्त गरेका छन् । तेस्रो उम्मेदवार उमेशलाल श्रेष्ठले ३१७ मत पाएका छन् ।
महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ ।
बुधबार भएको एफएमसीसीआईको चुनावमा वरिष्ठ उपाध्यक्ष पदका लागि कुल १ हजार ६५९ मत खसेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया