नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गरेका छन् । ढकालले आज टेकुस्थित महासंघको कार्यालयमा पदभार ग्रहण गरेका हुन्।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष भएका हुन् । पदभार ग्रहण गर्दै ढकालले आफू सानो व्यवसाय सुरु गरी यहाँसम्म आएकाले अध्यक्षका रुपमा साना व्यवसायीहरुको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
महासंघको गत चैत २८ र २९ मा सम्पन्न भएको ५७औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका थिए । जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित भए भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका थिए ।
निर्वाचित अन्य पदाधिकारी तथा सदस्यले आजै पदबहाली गर्ने कार्यक्रम छ । चुनावबाट निर्वाचित पदाधिकारी र सदस्यलाई अध्यक्ष ढकालले आज शपथ खुवाउने कार्यक्रम छ । महासंघको विधानअनुसार यसअघिका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुरूप महासंघको नेतृत्व लिएका चन्द्र ढकालले भने गत शुक्रबार नै शपथ खाइसकेका छन्।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया