पर्यटक बढ्न थालेपछि होटलका सेयरमा लगानीकर्ताको ध्यान

0
Shares

नयाँ वर्ष २०८० को पहिलो कारोबार दिन वैशाख ३ गते आइतबार नेप्सेमा सामान्य गिरावट आएको छ । करिब तीन अंकले घटेको बजारमा होटल तथा पर्यटन सेक्टरका सेयरमा लगानीकर्ताको ध्यान मोडिएको छ ।

आइतबार नेप्से सूचक २.८० अंकले घटेर एक हजार ९ सय ३१ दशमलब ६८ विन्दुमा बन्द भएको हो । नयाँ वर्षको पहिलो दिन नेप्सेमा सामान्य गिरावट आँउदा होटल तथा पर्यटन, इन्स्योरेन्स तथा बैंकिङ्ग बाहेकका सबै उपसूचक ओरालो लागेका छन् ।

पछिल्लो समयमा नेपालमा विदेशी पर्यटकको आगमन बढ्न थालेपछि सेयर लगानीकर्ताहरुको ध्यान होटल तथा टूरीजम सेक्टरका सेयरमा पर्दा यो समूहको सूचक १५५.६४ अर्थात ४.६५ प्रतिशतले बढेको छ । गत मार्च महिनमा नेपालमा झण्डै एक लाख विदेशी पर्यटक आएका थिए ।

पर्यटक आगमनमा सुधारको संकेतले होटल पर्यटनतर्फ लगानीकर्ताको ध्यान मोडिदा तारागाँउ रेजन्सीको सेयरमूल्य ७.३३ प्रतिशतले बढेको छ । ओरेन्टेल होटलको ४.२६, चन्द्रागीरीको १.९९ प्रतिशतले सेयरमूल्य बढेको छ । यस दिन सबैभन्दा धेरै सोल्टी होटलको कारोबार भयो । जसको सेयरमूल्य ५.३३ प्रतिशतले बढेको छ । जसको आज सबैभन्दा धेरै ३ करोड ९० लाख बराबरको सेयर किनबेच भयो । पर्यटक आगमनमा सुधारको संकेतले होटल समूहका लगानीकर्ता उत्साहीत देखिएका हुन ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२३ को मार्चमा ९९ सय हजार ४ सय २६ पर्यटक नेपाल भित्रिएका छन् । अंग्रेजी वर्ष सन् २०२३ को शुरुवातदेखिनै विदेशी पर्यटक आगमन निरन्तर बढ्दो क्रममा छ । जसअनुसार जनवरीमा ५५ हजार ७४ जना र फेब्रुअरीमा ७३ हजार दुई सय ५५ विदेशी पर्यटक नेपाल आएका छन्।

आइतबारको बजारमा नेप्से करिब तीन अंकले घट्दा ९७ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा ७० कम्पनीको सेयरमूल्य बढेको छ भने १३९ कम्पनीको घटेको छ । १० कम्पनीका स्थिर रहेको छ ।

आजको बजारमा आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १४३०.७० रुपैयाँ पुगेको छ । यसका साथै मोलुङ हाइड्रोपावरको शेयरमूल्य ९.९९ तथा कालिन्चोक दर्शको ९.९८ प्रतिशतले सेयरमूल्य बढेको छ ।

नेप्सेका अनुसार एसियन हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटलको कारोबार भएको छ । यस कम्पनीको आज ३ करोड ८९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।