फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १९ करोड ४५ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको यहि अवधिको तुलनामा नाफा १७.१२ प्रतिशतले धेरै हो ।
लघुवित्तले गत आवको सोही अवधिमा १६ करोड ६१ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको थियो । चैत्रमसान्तसम्म लघुवित्तको वितरणयोग्य नाफा भने १६ करोड ६८ लाख रुपैयाँ छ ।
कम्पनीको नाफा बढेपनि प्रतिशेयर आम्दानी ३७ पैसा घटेर २२ रुपैयाँ ६० पैसामा सीमित भएको छ। पुँजी बढेको अनुपातमा नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानीमा संकुचन आएको हो । कम्पनीको चुक्तापुँजी १९ प्रतिशतले बढ्दा नाफा १७ प्रतिशतले मात्र बढेको हो ।
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारको प्रभावले नाफा बढेको हो । कम्पनीको खुद ब्याज आम्दानी ३.४२ प्रतिशतले बढेर ३१ करोड ७६ लाख ३५ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा १०.६८ प्रतिशतले बढेर २७ करोड ७९ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।
१ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २६ करोड ६२ लाख ७२ हजार रुपैयाँ रहेका छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी ३७ पैसा घटेर २२ रुपैयाँ ६० पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.८५ गुणा रहेको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया