नेपालले पानी निर्यात गरेर समेत विदेशी मुद्रा आर्जन गरिरहेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपालले पानी निर्यात गरेर मात्रै ३७ करोड ५२ लाख ७० हजार रुपैयाँ बरावरको विदेशी मुद्रा भित्राएको हो ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आवको ९ महिनामा नेपालबाट ५९ लाख ५० हजार ८८३ लिटर पानी निर्यात भएको हो । यसै अवधिमा अन्य देशहरुबाट नेपालमा ७९ लाख ३८ हजार रुपैयाँ बराबरको ५९ हजार ३९९ लिटर पानी आयात भएको तथ्यांक छ ।
नेपालबाट निर्यात हुने पानीबोट्लर्स नेपाल कम्पनी तराईबाट उत्पादित ‘किन्ले’, रसुवा ब्रान्डको ‘हिमालयन अनटप’, वेभ नेपाल प्रालिबाट उत्पादित ‘नेपाल स्प्रिङ’ रहेका छन् । विशेषतः नेपालबाट पानी निर्यात हुने देशहरु भारत, जापान, अस्ट्रेलिया, जर्मन र भुटान हुन् ।
भन्सार विभागकाअनुसार सबैभन्दा बढी पानी निर्यात भारतमा भएको छ । पछिल्लो ९ महिनामा ३७ करोड ४८ लाख ९५ हजार रुपैयाँ बराबरको ५९ लाख ४५ हजार ५२७ लिटर पानी भारत निर्यात भएको छ । मगंलबार गुणस्तर परिषद्ले विदेश निर्यात हुने पानीको गुणस्तर मापदण्ड समेत पारित गरेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया