नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले श्रमिक आन्दोलनबाट प्राप्त उपलब्धी र औद्योगिक शान्ति स्थापनाको ऐतिहासिक रहेको बताएका छन् ।
१३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) मा शुभकामना दिँदै महासंघका अध्यक्ष ढकालले मे दिवसले हामी सवैलाई सम्बाद र सहकार्यको माध्यमबाट सम्बन्ध विकास गर्न प्रेरित गरेको विश्वास लिएको बताए । एनले भने,“ “श्रमिक आन्दोलनबाट प्राप्त उपलब्धी र औद्योगिक शान्ति स्थापनाको ऐतिहासिक छ । हामी बीचको सम्वन्धमा सुधार हुँंदै गएको छ । यसलाई सकारात्मक रुपमा लिएका छौ । सम्बन्धलाई बलियो बनाउन सहकार्य र सहयात्रामा जोड दिन चाहन्छु ।”
कोभिड महामारीबाट आर्थिक एवं सामाजिक क्षेत्रमा परेको प्रभावबाट बाहिर आउन लिइएको नीतिसँगै अर्थतन्त्र गतिशिल हुने अपेक्षाको समयमा विश्वव्यापी रुपमै देखिएको आर्थिक मन्दीले हाम्रो अर्थतन्त्र, उद्योग व्यवसाय र श्रम क्षेत्र अप्ठेरो स्थितिमा पुगेको ढकालको भनाई छ । उद्योग व्यवसाय संचालन र यसबाट रोजगारीमा पर्न सक्ने प्रभावको न्यूनिकरण गर्न र संभावित समस्याको सामना गर्नपर्ने यो कठिन समयमा रोजगारदाता र ट्रेड यूनियन बीच अझ बढी समझदारी सहकार्यको लागि समेत ढकालले अपिल गरेका छन् ।
यस्तै महासंघको रोजगारदाता परिषदका सभापति ज्योत्सना श्रेष्ठले पनि १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मे दिवसको अवसरमा शुभ–कामना व्यक्त गर्दै दीगो औद्योगिक शान्ति स्थापनामा जोड दिएकी छिन् । उनले संवाद र सहकार्यको थालनीबाट श्रम सम्बन्ध सुधार र श्रम विवादको संख्यामा निकै कमी आएको बताइन् ।
उनले भनेकी छिन्, “विभिन्न आरोह अवरोह पार गर्दै नेपालको श्रम सम्बन्ध सहज बन्दै गएको छ । कोरोना महामारीबाट भएको नोक्सानी र परेको प्राभवबाट चाँडो क्षतिपूर्ति प्राप्त गर्न सरकारले लिएका नीतिसँगै सुधारको अपेक्षा गरेको अवस्थामा अन्तर्राष्ट्रिय स्तरमै आएको आर्थिक मन्दिको कारण उद्योग व्यवसाय र आर्थिक गतिविधिमा उल्लेखनीय कमी आई मुलुक आर्थिक संकटतर्फ उन्मुख छ भन्ने कुराले हामी चिन्तित भएका छौं ।”
आर्थिक संकटबाट आउने सम्भावित समस्या र चुनौतीको सामना गर्न थप समझदारी र सहयोगको आवश्यकतामा जोड दिँदै श्रेष्ठले सम्पूर्ण श्रमिक दिदीबहिनी र दाजूभाईको समुन्नतिको कामना गरेकी छिन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया