सिंगटी हाईड्रोमा यस्तो बन्यो नयाँ सञ्चालक समिति

0
Shares

सिंगटी हाईड्रो इनर्जी लिमिटेडको नयाँ सञ्चालक समिति चयन भएको छ । सुदिपराज गौतमको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति चयन भएको हो ।

कम्पनीको सञ्चालकहरुमा संस्थापक समुह (क) तर्फबाट सुदिपराज गौतम, सुदिप खड्का, रजनी थापा, र बिजि ग्रुप प्रालिका प्रतिनिधि सुनिल केसी तथा सर्वसाधारण समुह (ख) तर्फबाट दल बहादुर बिष्ट र श्याम प्रसाद खतिवडा निर्विरोध निर्वाचित भएका हुन् ।

कम्पनीको असार १३ गते बुधबार संयुक्त रुपमा आव्हान गरिएको बाह्रौं र तेह्रौं वार्षिक साधारण सभाको सामान्य प्रस्ताव नम्बर ४ बमोजिम सञ्चालकहरुको निर्वाचन भएको थियो । जसमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचनका लागि २०८० जेठ २२ मा बसेको सञ्चालक समितिको निर्णयले तोकिएका निर्वाचन अधिकृतद्धारा सम्पन्न निर्वाचनबाट सबै सञ्चलक निर्विरोध निर्वाचित भएका निर्णय सुनाएको हो ।

यस्तै असार ११ मंगलबार साँझ ५ बजे बसेको १७ औं सञ्चालक समितिको निर्णयले प्रविण भट्टराईलाई कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ ।

कम्पनी सचिव विष्णुप्रसाद रेग्मीका अनुसार नवनिर्वाचित सञ्चालकहरुको असार १३ गते बुधबार साँझ ५ बजे बसेको १८ औं सञ्चालक समितिको बैठकको निर्णयबाट सञ्चालक समितिको अध्यक्षमा सुदिपराज गौतम र प्रबन्ध सञ्चालकमा सुदिप खड्का नियुक्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।