अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ बाँडफाँड, ५३ हजार ९५० आवेदकले हात पारे

0
Shares

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) ५३ हजार ९५० आवेदकले १० कित्ताका दरले प्राप्त गरेका छन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रबार आईपीओ बाँडफाँड गरेको हो । मागभन्दा उच्च आवेदन परेका कारण कम्पनीको आईपीओ धितोपत्र निष्सकान तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको थियो ।

कम्पनीले १० असारदेखि १३ असारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ३९ हजार ५०० कित्ता सेयर सर्वसाधारणमा बिक्री खुला गरेको थियो । जसमा कुल १२ लाख ४७६ आवेदन वटा आवेदनबाट १ करोड २८ लाख २५ हजार ५३० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये २ हजार ३९९ आवेदनबाट माग भए३६ हजार ८२० कित्ताकाे माग रद्द भएको छ भने ११ लाख ९८ हजार ७७ आवेदनबाट परेकाे  १ करोड २७ लाख ८८ हजार ७१० कित्ता स्वीकृत भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कुल आवेदकमध्ये ११ लाख ४६ हजार ५२६ (९५.५१ प्रतिशत) र सदर आवेदकमध्ये ११ लाख ४४ हजार १२७ जना (९५.४९ प्रतिशत) आवेदकको भने हात खाली भएको छ ।

कम्पनीले स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरी १५ फागुन २०७८ देखि व्यापारिक उत्पादन सुरु गरेको छ । आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ३ लाख रुपैयाँ रहेको छ ।

बाँडफाँड नतिजा कसरी हेर्ने ?

कम्पनीको आइपीओ नतिजा विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ । जसअनुसार सिडीएसले आईपीओको नतिजा हेर्नकै लागि सञ्चालन गरेको वेबसाइट, बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो सेयरको वेबसाइटमा रहेकाे एज्लीकेसन रिपाेर्ट बाट पनि हेर्न सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।