जोशी हाईड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

0
Shares

जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले हकप्रद सेयर निष्काशनका लागि असार २५ गते सोमबार लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्ति गरेको हो । सम्बन्धमा कम्पनी र क्यापिटलबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा जोशी हाईड्रोपावरको तर्फबाट अध्यक्ष गंगा प्रसाद जोशी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

काठमाडौमा रजिष्टर्ड कार्यालय रहेको जोशी हाईड्रोपावर डेभलपमेण्ट कम्पनीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाख रहेको छ । कम्पनीले १ कित्ता सेयरको ०.६५ कित्ता अनुपात (६५ प्रतिशत) को दरले प्रति सेयर अंकित १०० रुपैयाँमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निकाष्शन गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।