युक्रेनलाई दिइने नेटोको सदस्यताले विश्वव्यापी तनाव बढाउने रूसी राष्ट्रपति पुटिनको दाबी

0
Shares

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नेटोमा सामेल गर्ने हो भने यसले विश्वलाई थप असुरक्षित बनाउने बताएका छन् ।

पुटिनले भने, “मलाई विश्वास छ कि यसले युक्रेनको सुरक्षालाई बढाउँदैन र समग्रमा विश्वलाई अझ बढी असुरक्षित बनाउनेछ र अन्तर्राष्ट्रिय क्षेत्रमा थप तनाव निम्त्याउनेछ ।”

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य अभियान सुरु गर्नुको एउटा कारण कीभलाई गठबन्धनमा सामेल हुनबाट रोक्नु हो । पुटिनले लिथुआनियामा भएको शिखर सम्मेलनको एक दिनपछि पत्रकारहरूसँग कुरा गर्दै नाटोले कीभलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको थियो तर सदस्यताको लागि समयसीमा भने दिएको छैन ।

युक्रेनले रूसी सेनालाई पछाडि धकेल्न क्षेप्यास्त्र लगायत थप उन्नत र लामो दूरीका हतियारको माग गर्दै आएको छ । पुटिनले पत्रकारसँग भने, “लामो दूरीका क्षेप्यास्त्रहरूले ‘क्षति पु¥याउँछ तर ती प्रयोग गरिएका लडाकु क्षेत्रहरूमा केही पनि महत्वपूर्ण उपलब्धि भइरहेको छैन । विदेशमा निर्मित ट्याङ्कका लागि पनि यही कुरा लागू हुन्छ ।”

उनले भने, “नयाँ हतियारको वितरणले युक्रेनी पक्षका लागि स्थितिलाई अझ बिगार्नेछ र द्वन्द्वलाई बढावा दिनेछ ।” –रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।