अपि पावरको हकप्रद साउन ३१ देखि बिक्री खुल्ने

0
Shares

अपि पावर कम्पनीले साउन ३१ गतेदेखि चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले १०ः४ अनुपातमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा जारी हुने उक्त सेयरमा असार २१ गतेसम्म कायम लगानीकर्ताले मात्र आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद सेयर जारी गर्न असार २२ गते बुकक्लोज गरिसकेको छ ।

हकप्रद सेयरमा लगानीकर्ताले मेरो सेयरको मोबाइल एप तथा मेरो सेयरको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् । यसका अलवा धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र आवेदन दिन सकिनेछ ।

साथै अपि पावरको कार्यालय थापाथली तथा हकप्रदमा मुक्तिनाथ क्यापिटलबाट पनि आवेदन दिन सकिने छ । हकप्रद सेयरमा लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयर बिक्रीपछि ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी कायम हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।