वायु प्रदूषणका कारण दक्षिण एशियाली राष्ट्रमा बसोबास गर्ने मानिसहरुको औसत आयु घट्दै

0
Shares

बढ्दो वायु प्रदूषणका कारण एशियाली राष्ट्रहरुमा बसोबास गर्ने मानिसहरुको औसत आयु घट्दै गएको छ । सिकागो विश्वविद्यालयको इनर्जी पोलिसी इस्टीच्युटले मंगलबार सार्वजनिक भएको प्रतिवेदनका अनुसार, दक्षिण एशियाली राष्ट्र –बाङ्लादेश, नेपाल, भारत र पाकिस्तानमा बढ्दै गएको वायु प्रदूषणका कारण मानिसहरुको औसत आयु पाँच वर्षले घट्दै गएको उल्लेख छ ।

उच्च जनसङ्ख्या वृद्धि र दु्रत गतिमा विस्तार भएका उद्योगहरुका कारण पछिल्लो समयमा दक्षिण एशियाली क्षेत्रमा कार्बन उत्सर्जन बढाइरहेको छ । २१ औँ शताब्दीको सुरुवात र हालको अवस्थामा दक्षिण एशिया क्षेत्रमा वायु प्रदूषण ५० प्रतिशतले बढेको हो ।

सन् २०१३ यता, भारतले मात्रै कुल कार्बन उत्सर्जनको ५९ प्रतिशत हिस्सा ओगटेको छ । जसकारण दिल्लीमा बसोबास गर्ने मानिसहरुको औसत आयु १० वर्षले घट्दै गएको प्रतिवेदनमा उल्लेख छ । यस्तै वायु प्रदुषणकै कारण बाङ्लादेशमा बसोबास गर्ने मानिसहरुको औषत आयु ६.८ वर्षले घट्दै गएको छ । पाकिस्तानमा बसोबास गर्ने मानिसहरुको औषत आयु ३.९ वर्ष र नेपालीहरुको आयु वायु प्रदूषणकै कारण ४.६ प्रतिशतले घटेको प्रतिवेदनमा छ ।

हाल भारतको नयाँ दिल्ली, बाङ्लादेशको ढाका, पाकिस्तानको लाहोर, नेपालको काठमाडौँ सहर विश्वकै सकैभन्दा बढी प्रदूशित राष्ट्रहरुको सूचीमा पर्छन् ।

दक्षिण एशियाली राष्ट्रहरुमा प्रदूषण बढ्दै जाँदा चीनले कार्बन उत्र्सजनमा नियन्त्रण गरेको छ । सन् २०१३ देखि २०२१ सम्ममा चीनले कार्बन उत्सर्जन ४२.३ प्रतिशतले गरेको छ । स्वच्छ हावा र स्वच्छ वातावरण सम्पूर्ण मानिसहरुको नैसर्गिक अधिकार रहेको बताउँदै चीनले पछिल्लो समयमा कार्बन उत्सर्जन कम गर्दै गएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।