मिड सोलु हाईड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त निष्काशन गरिएको साधारण शेयरको बाँडफाँड गरेको छ ।
बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार गत साउन १४ गतेदेखि ३० गतेसम्म बिक्री खुल्ला गरिएको उक्त सेयरको बाँडफाँड १८ गते सोमबार गरिएको हो । तोकिएको अवधीभित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड सम्बन्धी प्रचलित कानून बमोजिम भदौ १८ गते सोमबार साधारण बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
यसरी भयो बाँडफाँड
निष्काशनको समयमा आयोजना अतिप्रभावित क्षेत्रका बासिन्दाहरुबाट जम्मा २ हजार ६७० जना आवेदकहरुबाट जम्मा ६ लाख ३३ हजार ९० कित्ता सेयर खरिदको लागि आवेदन प्राप्त भएको थियो । प्राप्त आवेदनहरु मध्ये ५२ जना आवेदकबाट प्राप्त ११ हजार ३० कित्ता सेयर खरिदको माग रीतपुर्वक नदेखिएको हुँदा रद्द गरिएको थियो । यस्तै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट जम्मा ५ हजार ९२९ जना आवेदकहरुबाट जम्मा ६ लाख ६६ हजार ४५० कित्ता सयर खरिदको लागि आवेदन प्राप्त भएको थियो । प्राप्त आवेदनहरु मध्ये २५६ जना आवेदकहरुबाट ४९ हजार ४९० कित्ता सेयर खरिदको लागि आवेदन रितपूर्वक नदेखिएको हुँदा रद्द गरिएको थियो ।
सेयर निष्काशनको अवधिमा आयोजना अति प्रभावित क्षेत्रको लागि छुट्याईएको सेयर रीतपूर्वक प्राप्त आवेदनहरु मध्ये १० कित्ता देखि ५१० कित्ता माग गर्ने जम्मा २ हजार ५१० आवेदकलाई मागगरे बमोजिम ४ लाख ९७ हजार ६२० कित्ता, ६०० कित्तादेखि ४ हजार ९५० कित्तासम्म माग गर्ने १०८ जना आवेदकलाई ६२ हजार ६४० कित्ता सेयर गरी कूल ५ लाख ६० हजार २६० र उक्त बाँडफाँड गरिएको थियो । त्यसमा बाँकी रहेको १ हजार ४० कित्ता सेयरको हकमा ६०० कित्तादेखि ४ हजार ९५० कित्ता माग गर्ने १०८ जना आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथाविधि अन्तर्गत न्यूनतम १० कित्ता सेयरका दरले १०४ जना सफल आवेदक छनौट गरी थप १० कित्ता शेयरका दरले एक हजार ४० कित्ता सेयर बाँडफाँड गरिएको हो ।
यसैगरी, आयोजना प्रभावित क्षेत्रको लागि छुट्याईएको सेयर रीतपुर्वक प्राप्त आवेदनहरु मध्ये १० कित्तादेखि ३० कित्तासम्म सेयर माग गर्ने जम्मा ७३१ आवेदकलाई माग गरे बमोजिम १६ हजार ४७० कित्ता, ४० कित्तादेखि ४ हजार कित्तासम्म माग गर्ने ४ हजार ९४२ जना आवेदकलाई ३० कित्ता सेयरका दरले १ लाख ४८ हजार २६० कित्ता सेयर गरी कूल १ लाख ६४ हजार ७३० र उक्त सेयर बाँडफाँड पश्चात बाँकी रहेको २२ हजार ३७० कित्ता सेयरको हकमा ४० कित्तादेखि ४ हजार कित्तासम्म माग गर्ने ४ हजार ९४२ जना आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथाविधि अन्तर्गत न्यूनतम १० कित्ता सेयरका दरले २ हजार २३७ जना सफल आवेदक छनौट गरी थप १० कित्ताका दरले २२ हजार ३७० कित्ता सेयर बाँडफाँड गरिएको हो ।
बाँडफाँडकाे नतिजा एनआईसी एशिया क्यापिटलको वेबसाइटबाट हेर्न सकिने
स्थानीय बासिन्दाका लागि जारी गरिएको सेयर बाँडफाँड सम्बन्धी विवरण आवेदकहरूले निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको वेबसाइटबाट हेर्न सकिने जनाइएको छ । साथै, बाँडफाँडमा आंशिक र नपरेका सेयर वापतको रकम भदौ २२ गते शुक्रबारदेखि सम्बन्धित आवेदकहरूले दरखास्त फाराममा उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ । सोही अनुसार आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गर्न क्यापिटलले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।
मिड सोलु हाइड्रोपावर लिमिटेडले स्वीकृत विवरणपत्र मार्फत स्थानीय बासिन्दामा ७ करोड ४८ लाख ४० हजार रुपैयाँ मूल्यको १०० रुपैयाँ अंकित दरका ७ लाख ४८ हजार ४०० कित्ता साधारण सेयर बिक्री गरेको हो । उक्त सेयरमा आयोजना अति प्रभावित क्षेत्र (सोलुखुम्बु जिल्ला साविकको सल्लेरी, तिङ्ला, गार्मा र तामाखानी गाविस हालको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३,४,५,६,७ र ११० का बासिन्दाहरुको लागि ५ लाख ६१ हजार ३०० कित्ता निष्कासन गरिएको हो । यस्तै प्रभावित क्षेत्र (सोलुखुम्बु जिल्ला साविकको सल्लेरी, तिङ्ला, गार्मा र तामाखानी गाविस हालको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३, ४, ५, ६, ७ र ११ बाहेक) का सोलुखुम्बु जिल्ला बासिहरुको लागि १ लाख ८७ हजार १०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँ रहेको कम्पनीले कुल निष्कासनको २० अर्थात् १४ लाख ९६ हजार ८०० कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ । जसमध्ये १० प्रतिशत स्थानीय र बाँकी १० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्नेछ ।
सर्वसाधारण जारी हुने सेयरको १० प्रतिशतले हुन आउने ७४ हजार ८४० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साउन १४ देखि २८ गतेसम्म बिक्री खुला गरी भदौ ६ गते नै बाँडफाँड भैसकेको छ । बाँकी ६ लाख ७३ हजार ५६० कित्ता सेयर भदौ २८ देखि बिक्री खुला हुँदैछ । सोमध्ये १४ हजार ९६८ कित्ता सेयर कर्मचारीका लागि र ३७ हजार ४२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । ६ लाख २१ हजार १७२ कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
मिड सोलु हाइड्रोको आईपीओमा भदौ २८ गतेदेखि सर्वसाधारणले आवेदन दिन पाउने
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया